पत्रकार महासङ्घ बागलुङले रजत वर्ष मनाउने

बाग्लुङ | असार ७, २०८२

पत्रकार महासङ्घ बागलुङले रजत वर्ष मनाउने

बागलुङ:   नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखा स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा वर्ष २०८२ लाई रजत वर्षका रुपमा मनाइने भएको छ । 


महासङ्घ कार्यसमितिको शनिबार बसेको बैठकले बर्षेभरि विविध रचनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको हो । यही असार २५ गते २५ औँ स्थापना दिवस अर्थात रजत जयन्तीका अवसरमा दुईदिवसीय कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिनुभयो । 


उहाँका अनुसार असार २४ गते बिहान ध्यान शिविर र दिउँसो पत्रकार महासङ्घका अन्तरशाखा मैत्रीपूर्ण फुटसल खेल आयोजना गरिएको छ । 


खेलमा पत्रकार महासङ्घ, बागलुङसहित कास्की, पर्वत र म्याग्दीको टिमको सहभागिता रहने जनाइएको छ ।


 बैठकले ध्यान शिविरको संयोजनका लागि उपाध्यक्ष सिर्जना पन्त र फुटसल खेलका लागि कार्यसमिति सदस्य अर्जुन कार्की, सङ्गम घर्ती मगर र पत्रकार रोहन जिसीलाई जिम्मेवारी दिएको छ । 


असार २५ गते बिहान प्रभातफेरीसहित रजत जयन्ती मूल समारोह आयोजना गरिने सचिव रिजालले बताउनुभयो । मूल समारोहमा महासङ्घमा स्थापित विभिन्न पत्रकारिता पुरस्कार वितरण, सम्मानलगायतका कार्यक्रम हुने उहाँको भनाइ छ । 


रजत जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई आमन्त्रण गर्ने निर्णय भएको शाखाले जनाएको छ । 


रजत वर्षका अवसरमा महासङ्घको कार्यालय परिसरमा रजत वर्ष स्तम्भ स्थापना, रजत स्मारिका प्रकाशन, बागलुङ मिडिया सम्मेलनलगयतका कार्यक्रम आयोजना गरिने भएको छ । 


वर्ष २०८२ लाई तालिम वर्षका रुपमा समेत घोषणा गरी पत्रकार क्षमता विकास कार्यक्रममा केन्द्रित हुन लागिएको शाखाका उपाध्यक्ष सिर्जना पन्तले बताउनुभयो । 


आधारभूत, विषयगतदेखि मल्टिमिडिया पत्रकारितासम्मका तालिमलाई वार्षिक कार्ययोजनामा समेटेर सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । पत्रकारको पेसागत सुरक्षा र दक्षता अभिवृद्धिका कामलाई महासङ्घले प्राथमिकतामा राख्ने उपाध्यक्ष पन्तले बताउनुभयो । 


बैठकमा तालिम उपसमितिका संयोजक सिर्जना पन्त, आर्थिक उपसमितिका संयोजक सुवास गौतम, अनुशासन समितिका संयोजक सुवास आचार्य, सूचना÷प्रविधि उपसमितिका संयोजक डम्मर बुढा मगर र अन्तरसंस्था समन्वय उपसमितिका संयोजक नवराज परियारले सम्बन्धित उपसमितिका कार्ययोजनामा पेस गर्नुभएको थियो । 


बैठकले आगामी साउन पहिलो साता जिल्ला सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारीलगायतसँग सूचनाको हकको प्रचलन आदिका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको  छ । 


शाखाले स्थापना गरेको ‘पत्रकार लेखनवृत्ति कोष’को लक्ष्यलाई छिट्टै पूरा गरी यही वर्षदेखि खोजमूलक पत्रकारिता गरिरहेका पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने जनाइएको छ ।
 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्